बिर्तामोड, भदौ १५ । झापाको कचनकवलमा कमेरो माटो निकाल्न खनेको खाल्डोमा पुरिएर एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा कचनकवल-२ रतिबारी बस्ने ४६ वर्षीया उजारु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नो घरदेखि अन्दाजी १५० मिटर पश्चिम उनी खेतमा कमेरो माटो लिन गएकी थिइन् ।

माटोको लागि खनेको गहिरो खाडलमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । स्थानीयले मृत अवस्थामा देखेर प्रहरीलाई जानकारी गराएका थिए ।

शवको पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
