२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

सिक्किममा ‘फरक क्षमता भएका मानिसको प्रतिभा खोजी’ हुने


बिर्तामोड, भदौ १६ । भारतको सिक्किममा हुने फरक क्षमता भएका मानिसहरुको प्रतिभाको खोजीका लागि नेपालीको पनि सहभागिता गराइने भएको छ ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आयोजक शान्तिधाम फाउन्डेसनले नवौँ संस्करणको कार्यक्रममा नेपाली नागरिकलाई सहभागिता गराउन लागिएको जानकारी दिएको छ ।

फरक क्षमता भएका मानिसहरुसँग भएको आफ्नो प्रतिभा प्रस्तुत गर्ने थलोका रुपमा कार्यक्रमलाई लिइएको एसकेएम सांस्कृतिक विभागका राज्य संयोजक मनोज लामाले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुने फरक क्षमता भएका मानिसहरुले जुनसुकै भाषमा आफूसँग भएको प्रतिभा देखाउन सक्ने सिक्किमको फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटियाले बताए ।

एसकेएम सांस्कृतिक विभाग र सैयता फाउन्डेसनको सहकार्यमा हुन लागेको कार्यक्रमलाई झुम इन्टरनेसनल फर्स्ट टाइम इन सिक्किम नाम दिइएको छ ।

पत्रकार सम्मेलनमा एसकेएम सांस्कृतिक विभागका उपाध्यक्ष डक्टर मनोज राई, महासचिव दास तामाङ र कार्यक्रमकी नेपाल संयोजक सुनिता तामाङले कार्यक्रमबारे जनाकारी दिएका थिए ।

Adv footer