२०८२ भदौ १७ मंगलबार
Jhapa Today
Adv top

पूर्वी नेपालमा आज दिनभर पानी पर्ने


बिर्तामोड, भदौ १७ । झापासहित पूर्वी नेपालमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ । आज बिहानैदेखि आकाशमा बाक्लो कालो बादल लागेको छ । हल्का वर्षा भइरहेको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको उदयपुरमा अवस्थित राडारले देखाएको छ । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ ।

यसको प्रभावले कोशी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशी प्रदेशका तराई र पहाडी भूभागमा प्रतिघण्टा २५ मिलिमिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।

Adv footer