
बिर्तामोड,भदौ २४। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

देशभरी फैलिएको जेनजी आन्दोलनको तीव्र दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदबाट राजीनामा दिएका छन् ।

आन्दोलनको दोस्रो दिनमै व्यापक जनआक्रोश, सुरक्षाकर्मी र प्रदर्शनकारीबीचको हिंसात्मक झडप, र राजनीतिक शक्तिहरूको निरन्तर दबाबपछि प्रधानमन्त्री ओलीले आज साँझ पदत्यागको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा ओलीले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफूले पदत्याग गरेको घोषणा गरे ।

उनले भने, “युवा पुस्ताको आवाजलाई अस्वीकार गर्न सकिँदैन, जनताको विश्वास नै लोकतन्त्रको आधार हो । परिस्थितिले यस्तो कदम चाल्न बाध्य बनाएको छ ।”








