२०८२ भदौ २६ बिहीबार
Jhapa Today
Adv top

मेचीनगरका ज्ञवालीले श्रीमतीसँग रङ्गेहात भेटेका व्यक्तिको गरे हत्या


बिर्तामोड, भदौ २६ । झापा मेचीनगरका एक व्यक्तिले श्रीमतीसँग लाग्नेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

हिजो राति ८ बजे मेचीनगर–७ गैरीगाउँ बस्ने ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा मेचीनगर–१४ दुवागढी बस्ने ४० वर्षीय मो.फौमोदिनलाई धारिलो चक्कुले प्रहार गरी हत्या गरेका हुन् । पेट, ढाड र शरीरको विभिन्न भागमा चोट लागेका फौमोदिनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय काँकड्भिट्टाबाट प्रहरी टोली खटिएर नारायण ज्ञवाली र उनकी श्रीमती सुजता ज्ञवालीलाई नियन्त्रंणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adv footer