२०८२ भदौ २७ शुक्रबार
Jhapa Today
Adv top

अर्जुनधारामा एकजनाको शव बाटोमा फेला


बिर्तामोड,भदौ २७। झापा अर्जुनधाराको जुकेखाडीमा हत्याको अवस्थामा एकजनाको शव फेला परेको छ ।

हिजो राति करिब १२ बजे दुर्गापुर– दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अवस्थामा एकजनाको शव फेला परेको हो । सो शव अर्जुनधारा नगरपालिका वडा नं.३ जुकेखाडी निवासी कोशी भनेर चिनिने बिजय लिम्बूको भएको बताइएको छ । टाउकोमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ ।

मृतकको शव बाटोमै रहेको छ । घटनाबारे जानकारी प्राप्त भएको र आज बिहान प्रहरी टोली जान लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer