२०८२ भदौ २७ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा अर्का प्रदर्शनकारी राजवंशीको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो


बिर्तामोड, भदौ २७ । बिर्तामोडमा प्रदर्शनका क्रममा घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् । बीएण्डसी अस्पतालमा उपचाररत उनको आज बिहान ११ः३५ बजे मृत्यु भएको परिवारजनले जनाएका छन् ।

प्रहरी र प्रदर्शनकारीबीचको झडपपश्चात् प्रदर्शनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कब्जा लिई आगजनी गर्ने क्रममा कार्यालयभित्र रहेको ग्यास सिलिन्डर बिष्फोट भई राजवंशी घाइते भएका थिए ।उनको पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड अगाडि भएको झडपमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको थियो ।

Adv footer