२०८२ भदौ २८ शनिबार
Jhapa Today
Adv top

झुम्का कारागारबाट भागेका कैदी झापामा पक्राउ


बिर्तामोड, भदौ २८ । सुनसरीको झुम्का कारागारबाट जेनजी आदोलनका क्रममा भागेका एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भोजपुर च्यांग्रे घर भई हाल धरान-१५ त्रिवेणी चोक बस्ने ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन् । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी चौकी कोरोबारीमा बुझाइएको छ ।

उनी सहकारी कसुर ठगीमा सुनसरी रामधुनी ५ झुम्का कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनी हिजो साँझ सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जीबारीबाट गौरीगञ्ज १ कुञ्जीबारीमा पक्राउ परेका हुन् ।

यसअघि काठमाडौँको कारागारबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer