२०८२ भदौ ३० सोमबार
Jhapa Today
Adv top

सामान्य बढ्यो सुनको मूल्य


बिर्तामोड, भदौ ३० । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो ।

आइतबार छापावाल सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज १० ग्राम सुनको मूल्य १ लाख ८४ हजार ५०० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार २०७ रुपैयाँ ५० पैसा रहेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य पुगेको रेकर्ड छ । सो दिन २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Adv footer