
बिर्तामोड, असोज ३ । झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने पाँचजनाको एउटा समूहलाई पक्राउ गरेको जनाएको छ ।

असोज १ गते गस्तीमा खटिएको प्रहरी प्रहरी टोलीले पाँचवटा बोरामा प्याक गरिएको (अप्टिकल फाइभर टेलिफोन) को तार चोरी गरी नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत दार्जिलिङका २४ वर्षीय कात्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिकाका २५ वर्षीय विजय राजवंशी, कचनकवल गाउँपालिका–३ का ४२ वर्षीय सञ्जय माझी र इलामको माई नगरपालिका–३ का २७ को दिनेश परियार रहेका छन् ।

उनीहरुले झापाका विभिन्न स्थानमा पुगेर टेलिफोनको तार चोर्दै आएको प्रहरीसमक्ष बयान दिएका छन् । यसअघि पनि झापामा तार चोर्ने भारतीयससहित नेपाली पक्राउ परेका थिए ।
