२०८२ असोज ३ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडको ह्याचरी उद्योगमा लडेर फुयालको मृत्यु


बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडको रहेको भाटभटेनी इन्टरनेसनल ह्याचरी प्रालिमा चारो हाल्ने क्रममा एकजना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-६ का ६० वर्षीय ज्ञानमणि फुयाल रहेका छन् । उनी सो उद्योगका श्रमिक हुन् ।

हिजो बिहान ६ बजे बिर्तामोड-२ चारपानेस्थित सो ह्याचरी इन्डस्ट्रीमा कुखुरालाई चारो हाल्ने क्रममा अचानक लड्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

फुयललाई छारे रोगको समस्या रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

Adv footer