२०८२ असोज ३ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडबाट भागेका दुई थुनुवा पक्राउ


बिर्तामोड, असोज ३ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा पक्राउ परेका छन् ।

लागुऔषध मुद्दामा पक्राउ परेका इलाम नगरपालिका-९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ बस्ने २१ वर्षीय सुजन अधिकारी हिजो दिउँसो २ः५० बजे जिल्ला प्रहरी कार्यालय झापामा आफैँ सम्पर्कमा आएपछि पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

जेनजीको आन्दोलनका नाममा आन्दोलनकारीहरूले झापाका विभिन्न प्रहरी कार्यालयहरूबाट ९२ जना थुनुवा भगाएका थिए । इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना थुनुवाहरूलाई भगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Adv footer