२०८२ असोज ३ शुक्रबार
Jhapa Today
Adv top

दुर्गा प्रसाईंले असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने


बिर्तामोड, असोज ३ । नागरिक बचाउ महाअभियानका संयोजक तथा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हिस्पटलका सञ्चालक दुर्गा प्रसाईं कारागार मुक्त भएपछि पहिलोपटक गृह जिल्ला झापामा कार्यक्रम गर्ने भएका छन् ।

उनले यही असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने भएको कार्यक्रम व्यवस्थापन समिति संयोजक ओमप्रकाश लुइँटेलले जानकारी दिए । पटकपटक हिरासत र महिनौँको कारागार बसाइपछि करिब ६ महिनापछि प्रसाईं बिर्तामोड आउन लागेका हुन् ।

उनको स्वागतमा चन्द्रगढी एयरपोर्टदेखि बिर्तामोडको सिटी सेन्टरसम्म मोटरसाइकल र्‍याली निकालिने भएको छ । त्यस्तै, स्वागत–सम्मान, तथा शुभकामना आदान– प्रदान कार्यक्रम पनि राखिएको लुइँटेलले बताए ।

Adv footer