२०८२ असोज ४ शनिबार
Jhapa Today
Adv top

मेचीनगरमा जंगली हात्ती मृत भेटियो


बिर्तामोड, असोज ४ । झापाको मेचीनगरस्थित उत्तरी क्षेत्रमा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मेचीनगर १ देवीगञ्जमा हात्ती मृत भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको अवस्थाबारे बुझ्न वन र प्रहरीको टोली त्यसतर्फ हिँडेका छन् ।

आज बिहान अन्दाजी ८ बजे स्थानीय कृषक कमल कार्कीको धान खेतमा जंगली हात्ती मृत अवस्थामा भेटिएको । हात्ती मृत फेला परेको सुनेर टोली घटनास्थलतर्फ जान लागेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

Adv footer