२०८२ कार्तिक ३ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडमा राई दाजुभाइद्वारा तामाङको हत्या


बिर्तामोड, असोज ७ । झापाको बिर्तामोडमा मदिरामा खाएर विवाद हुँदा एकजनाको हत्या भएको छ । बिर्तामोड-७ का स्थानीय प्रेमकुमार राईले धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटना हिजो राति भएको हो । खोलापारी भन्ने ठाउँमा स्थानीय अन्दाजी ३५ वर्षीय फुर्वा तामाङलाई सुतेको ठाउँमा खुकुरीले हानेर हत्या गरिएको हो ।

सोही ठाउँ बस्ने २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले तामाङलाई शरीरका विभिन्न भागमा धारिलो हतियार खुकरी प्रहार गरेर हत्या गरेका हुन् ।

बसिला र खुकुरीबाट राईको हत्या भएको जनाइएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार खुकुरी र बसिला प्रहरीद्वारा बरामद गरिएको जनाइएको छ ।

हत्या गर्ने राईलाई गाउँलेले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् । समयमै प्रहरी नआउँदा हत्यामा संलग्न प्रेमकुमार राईले मदिरा सेवन गरेर अन्य स्थानीयलाई समेत हत्या गर्छु भनी आतंकित बनाएको प्रहरीले जनाएको छ ।

Adv footer