२०८२ असोज २८ मंगलबार
Jhapa Today
Adv top

झापामा शौचालयमा लडेर प्रहरी हवल्दार बेहोस


बिर्तामोड, असोज १७ । झापाको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना प्रहरी हवल्दार लेडर बेहोस भएको प्रहरीले जनाएको छ । उनी शौचालयमा लडेर बेहोस भएका हुन् ।

बेहोस हुनेमा ४१ वर्षीय प्रहरी हवल्दार हेमु श्रेष्ठ रहेका छन् । उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए ।

आफ्नै कार्यालयको शौचालयमा पिसाब गर्न जाने क्रममा हिजो दिउँसो उनी लडेर बेहोस भएका थिए । उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

श्रेष्ठलाई सुरुमा ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार गरिएको थियो । मुटुसम्बन्धी जाँच गर्नुपर्ने सोही अस्पतालका डाक्टरले सल्लाह दिएपछि उनलाई बिएन्डसी अस्पताल ल्याइएको छ ।

केहीबेरपछि होसमा आएका श्रेष्ठले प्रहरी सहायक हवल्दार केबिहाङ सबेन्हाङलाई फोनमार्फत जानकारी गराएका थिए । त्यसलगत्तै उनलाई ओमसाई पाथिभरा अस्पताल लगिएको थियो ।

Adv footer