२०८२ असोज २४ शुक्रबार
Jhapa Today
Adv top

गौरादहमा बालिकालाई जबरजस्ती गर्भवती बनाउने धमला पक्राउ


बिर्तामोड, असोज २४ । झापाको गौरादहकी एकजना नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने युवक पक्राउ परेको प्रहरीले जनाएको छ ।

१३ वर्षीया ती नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने गौरादह नगरपालिका वडा नम्बर ५ कटकपुर बस्ने १८ वर्षीय राघब धमला पक्राउ परेका हुन् ।

उनले गत चैत २५ गते राति अन्दाजी ११ बजे आफ्नै घर नजिकमा रहेको बाँसघारीमा लगेर डर त्रास देखाएर नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । ती नाबालिका गर्भवती रहेकी छन् ।

पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएपछि धमलालाई हिजो साँझ घरबाटै पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer