२०८३ जेठ १४ बिहीबार
Jhapa Today
Adv top

दमकमा एउटा शव भेटियो


दमक, असोज २४ । झापा दमक पशुहाटमा एकजना पुरुषको शव भेटिएको छ । शव नालीभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार दमक–७ पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव भेटिएको हो ।

अन्दाजी ५०–५५ वर्षका मृतक पुरुषको पहिचान भने हुन सकेको छैन । इलाका प्रहरी कार्यालय दमकले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

मृतकको दाहिनेपट्टिको गालामा धारिलो हतियार प्रहार भएको जस्तो देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो मात्रै झापाको मेचीनगर-१ मा एकजना युवाको शव सडेको अवस्थामा खेतमा भेटिएको थियो । मृतक एक साताअघि सम्पर्कविहीन भएका थिए ।

Adv footer