
बिर्तामोड, असोज २५ । झापाको बुद्धशान्तिका एकजना युवाको कपिलवस्तुको तौलिहवामा दुर्घटनामा मृत्यु भएको छ । उनको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको हो ।




तौलिहवा–गोरुसिंगे सडकखण्ड अन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे चोकमा भएको मोटरसाइकल दुर्घटनामा बुद्धशान्तिका २७ वर्षीय लोचन पौडेलको मृत्यु भएको हो ।




उनी चढेको प्रदेश १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकल विद्युतीय कारमा ठोक्किएको थियो । त्यसपछि उनी विपरीत दिशाबाट आएको स्कोरपियो कारमा ठोक्किएका थिए ।




पौडेललगायतका झापाका युवाहरुको चारजनाको समूह तिलिचो तालको भ्रमणका लागि दुई दिनअघि झापाबाट निस्किएको थियो ।




पौडेल बिर्तामोडको वाल्मीकि लिंकन कलेजका सूचना प्रविधि विभागमा कार्यरत थिए । दुर्घटनामा पौडेलको मृत्यु भएपछि परिवारका सदस्य हिजो बेलुका कपिलवस्तु गएका छन् ।



