२०८२ असोज २७ सोमबार
Jhapa Today
Adv top

चारआलीको मनकामना अस्पतालका चिकित्सक करणी आरोपमा पक्राउ


बिर्तामोड, असोज २७ । झापाको चारआलीमा रहेको मनकामना अस्पताल प्रालिका सञ्चालक डाक्टर दिलिपकुमार यादवलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमै बस्दै आएका ४७ वर्षीय यादवलाई जबरजस्ती करणीको अभियोगमा इलाका प्रहरी कार्यालय धुलाबारीले तीन दिनअघि पक्राउ गरेको हो ।

चिकित्सक यादवले केही दिनअघि २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो ।

चारआलीमा उनी एक दशकदेखि मनकामना अस्पताल सञ्चालन गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अस्पताल सञ्चालनका क्रममा पनि उनले अनावश्यक रकम असुल्दै आएको बताइन्छ । त्यस्तै, सेवाग्राहीलाई पनि उनले असहज व्यवहार गर्ने गरेको गुनासो आउने गरेको थियो ।

Adv footer