२०८२ असोज ३० बिहीबार
Jhapa Today
Adv top

गौरादहमा खोलामा डुबेर तीन बालिकाको मृत्यु


बिर्तामोड, असोज ३० । झापाको गौरादहमा माछा मार्ने क्रममा खोलामा डुबेर तीनजना बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु आज दिउँसो सँगै माछा मार्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–९ स्थित बैगुन्धुरा खजुरबारी झोडा टोल झोलुङ्गे पुलनजिक आज दिउँसो करिब १ बजेकृष्ण खोलामा माछा मार्ने क्रममा डुबेर तीनैजना बालिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरीहरु सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति मगर र रोमन मोते परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेका छन् ।

स्थानीयबासीका अनुसार तीनजना बालबालिका रोश्नीको बुवा रोमन मोते परियारसँग माछा मार्न गएका थिए। खेल्दैखेल्दै उनीहरू गहिरो भागमा पुगेपछि एकैसाथ पानीमा डुबेर ज्यान गुमाएका हुन् ।

माछा मार्न राजकुमार राईकी १० वर्षीया छोरी युनिसा राई पनि गएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तीनैजनाको शवको पोस्टमार्टमको तयारी भइरहेको छ ।

Adv footer