२०८२ कात्तिक ६ बिहीबार
Jhapa Today
Adv top

गौरादहमा ग्याङफाइट गर्ने छजना पक्राउ, भद्रपुरमा युवतीमाथि हतियार प्रहार


बिर्तामोड, कात्तिक ६ । झापाको गौरादहमा युवाहरुबीच ग्याङफाइट परेको छ । गौरादह–५ स्कुलचौन बजारमा ग्याङफाइट परेको हो । घटनामा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक-७ बस्ने २१ वर्षीय प्रसान शेर्मा, दमक-८ बस्ने २० वर्षीय रोहन लिम्बू, दमक-८ बस्ने २० वर्षीय लियोज बजगाईं, दमक-८ बस्ने २१ वर्षीय सिसम थेवे लिम्बू, दमक-८ बस्ने २३ वर्षीय डेबिड मगर र दमक-७ बस्ने २१ वर्षीय सुदर्शन सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको विशेष सूचनाका अनुसार उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनीहरुमाथि अनुसन्धान पन सुरु गरिएको छ ।

हिजो दिउँसो २ बजे स्कुलचौन बजारमा पुरानो रिसिइबीको कारण युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको बताइएको छ । युवाको समूहले झन्डै २० मिनेटसम्म आपसमा कुटाकुट गरेका थिए ।

फाइटपछि भागेका युवाहरुलाई प्रहरी चौकी महारानीझोडा र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

यसैबीच, भद्रपुर–१० सयपत्री मार्ग बस्ने अनार मुखियाकी छोरी वर्ष २६ की सुरेखा मुखियामाथि हतियार प्रहार भएको छ । उनीमाथि दुईजना पुरुषले धारिलो हतियार प्रहार गरेका हुन् ।

हतियार प्रहारबाट सुरेखाको देब्रे हात र दाहिने गालामा गहिरो चोट लागेको छ । उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।

हतियार प्रहार गर्ने व्यक्तिहरू फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुरेखामाथि हिजो दिउँसो १२ बजे हतियार प्रहार भएको हो ।

Adv footer