२०८२ कात्तिक ११ मंगलबार
Jhapa Today
Adv top

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो छठ


बिर्तामोड, कात्तिक ११ । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । व्रतालुहरूले सोमबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो । छठ पर्व चार दिनसम्म मनाइने परम्परा रहँदै आएको छ ।

झापाको भद्रपुरस्थित मेची नदी, कनकाईको बिरिङ नदी, कनकाई नदी, मेचीनगरको निन्दा खेला, बिर्तामोडको अधुवा खोला, दमकको रतुवा खोला किनारमा छठ पर्व मनाइएको छ ।

झापाका नदी किनारमा दुई हजारभन्दा बढी घाट निर्माण गरेर छठ पूजा गरिएको थियो । सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनासहितको सुरक्षा गस्ती परिचालन गरिएको थियो ।

Adv footer