बिर्तामोड, कात्तिक १४ । झापाको बिर्तामोडबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
आज बिहानको राति बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेण्ड नजिक राजकुमार साहको डेरा कोठामा तास खेलिरहेका ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेम बिर्तामोड नगरपालिका-२ बस्ने रतन राजवंशी, किशोर पराजुली, उत्तम शिवाकोटी, राजन थापा, बिर्तामोड नगरपालिका-३ बस्ने डम्बर बस्नेत, दिवाकर प्रसाईं, बिर्तामोड नगरपालिका-५ बस्ने राजेन्द्र चौधरी, बाह्रदशी गाउँपालिका-४ बस्ने राजकुमार साह र मेचीनगर नगरपालिका-२ बस्ने नारायण पराजुली रहेका छन् ।
उनीहरूको साथबाट नगद ७५ हजार ६००, नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ बरामद भएको छ । उनीहरूलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    