२०८२ कात्तिक १४ शुक्रबार
Jhapa Today
Adv top

तोलामा २७ सयले बढ्यो सुनको मूल्य


बिर्तामोड, कात्तिक १४ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार पनि सुन तोलाको २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बिहीबार तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४ हजार ९०५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६२३ रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।

Adv footer