
बिर्तामोड, कात्तिक १५ । झापाको शिवसताक्षीस्थित माईधारबाट बेपत्ता भएका एकजना युवा बाह्रदशीमा मृत भेटिएको प्रहरीले जनाएको छ । शवको अवस्थाबारे अनुसन्धान सुरु भएको छ ।
प्रहरीको विशेष स्रोतका अनुसार ती युवाको हत्या भएको र हत्याका संलग्न पनि पक्राउ परिसकेका छन् । शव शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्मा रहेको पुष्टि भएको छ ।
शर्मा कात्तिक ९ गते कारसहित बेपत्ता भएका थिए । ३३ वर्षीया शर्माले लगेका बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र नलेको अवस्थामा भेटिएको थियो ।
शर्माको हत्यामा माईधारकै शाह थरका युवा र उनको समूह रहेको बताइएको छ । शाह यसअघि मोटरसाइकल चोरी र लागुऔषध मुद्दामा पक्राउ परेको प्रहरीको स्रोतले बतायो ।





