बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ ।
हिजो दिउँसो बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडी निर्मल कट्वाल तीन तले घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका देवी कार्कीको कोठाबाट लाखौंको धनमाल चोरी भएको हो ।
चोरले ढोका खोलेर कोठाभित्र राखेको नगद २ लाख ६१ हजार, ५ तोला ६ आना सुन र रेड्मी नोट १४ मोबायल १थान समेत गरी जम्मा १५ लाख ७८ हजार ८७४ रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान चोरी भएको पीडितको भनाई छ ।
प्रहरीले खोजतलास तथा अनुसन्धान भइरहेको जनाइएको छ ।





