बिर्तामोड, कात्तिक १८ । बिर्तामोडका एक युवक मलद्वारभित्र लुकाई ल्याएको लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
आज दिउँसो ३ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बिर्तामोड–३ बिर्ताबजार बस्ने २१ वर्षीय राजु माझीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकबाहेक ७ ग्राम २६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।





