बिर्तामोड, कात्तिक १९ । झापाको बिर्तामोडमा एक बालकको अदुवा खोलामा डुबेर मृत्यु मृत्यु भएको छ ।
आज बिहान ०९ः४५ बजे झापा बिर्तामोड वडा नम्बर–४ मेघाबारी टोल बस्ने बिक्रम माझीको छोरा २ वर्ष ५ महिनाको दिवांश माझी खेल्ने क्रममा घर छेउमै रहेको अदुवा खोलामा डुबेर मृत्यु भएको हो ।
बालकलाई पानीमा डुबि रहेको अवस्थामा हजुर बुबाले देखेपछि उपचारको लागि बिएण्डसी अस्पताल ल्याइएको थियो । डाक्टरले चेकजाँच गर्ने बित्तिकै मृत्यु घोषणा गरेका थिए ।
शवलाई पोष्टमार्टमको लागि प्रादेशिक मेचि अस्पताल पठाइएको छ । थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको प्रहरीले जनाएको छ ।





