
बिर्तामोड,कात्तिक २० । झापाको शिवसताक्षीका एक युवकको वाईफाई मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी वडा नम्बर–१ का १९ वर्षीय आशिष खनाल रहेका छन् ।
उनलाई यहि कात्तिक ११ गते कमल गाउँपालिका–६ मंगलबारे स्थितमा फस्ट लिंक (वाईफाई) कम्पनीमा काम गर्ने क्रममा बिजुलीको पोलमा चढी वाईफाई मर्मत गर्दा बिजुलीको तारबाट भुईमा झरेका उनलाई आम्दा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर लगिएको थियो ।
उपचार सम्भव नहुने भएकाले घरमा ल्याएका उनको हिजो कार्तिक १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ।





