२०८२ कात्तिक २१ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा ठुलो आवाजमा मोटरसाइकल कुदाउने ८ जना पक्राउ


बिर्तामोड, कात्तिक २१ । बिर्तामोडमा ठुलो आवाजमा मोटरसाइकल कुदाउने ८ जना १३ वटा सवारी साधनसहित पक्राउ परेका छन् ।

मोडिफाई गरेरठुलो आवाज बनाएर मोटरसाइकल कुदाउनेको संख्या बढेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगर क्षेत्रको विभिन्न स्थानमा दुई दिनमा पक्राउ गर्न सफल भएको हो।

बुधवार राति १० देखि बिहानको २ बजेसम्म प्रहरी टोलीले विभिन्न स्थानमा चेकिङ गरेको थियो । त्यसक्रममा शंकास्पद अवस्थामा हिडडुल गर्ने तथा मोडिफाई गरी ठुलो आवाजमा कुदाउने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरुमा अर्जुनधारा वडा नम्बर–८ बस्ने वर्ष १७ का आयुस सापकोटा, वडा नम्बर–११ बस्ने बर्ष १७ का निशान्त बुढाथोकी, सोही ठाउँका वर्ष ३५ का राकेश थापा, बिर्तामोड वडा नम्बर–४ बस्ने बर्ष २५ का दिपक थापा, भद्रपुर वडा नम्बर–५ बस्ने वर्ष ३६ का शिव राजवंशी , बुद्धशान्ति वडा नम्बर–५ बस्ने वर्ष २५ का अनुष खड्का रहेका छन् । प्रहरीले मे ११ प ९९६९, डव्लुबी ७४ बीबी २५०६, प्र १–०१–०१७ प १६२३ , डव्लुबी ७४ एबी ६९६८ नम्बरको कार, प्र १–०१–०१७ प १८००, मे १ ह ५८७९ नम्बर को अटो, प्र १–०१–०१८ प ७७५ ,प्र १–०१–०१८ प १९३१ ,मे १ प ७८११, प्र १–०१–०१८ प ३२८२ नम्बरको मोटरसाइकललाई नियन्त्रणनमा लिएको थियो ।

त्यस्तै, हिजो राति ९ बजेदेखि ११ बजेसम्म गरेको सर्च अपरेशन तथा चेकिङमा दुईजना मानिस पक्राउ परेका छन् । मोडिफाई गरी कुदाइएका तीनवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड ४बस्ने बर्ष अन्दाजी २५का उत्तम बर्देवा र इलाम देउमाई ३ बस्ने बर्ष २७ का कुशल गुरुङ रहेका छन् । त्यस्तै, प्रहरीले मोडिफाई गरी कुदाएका को२५प५०५१ ,मे९प४४७३ र बा९३प३५९८ नं को मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

झापामा स्वरूप परिवर्तन गरी ठूलो आवाजमा मोटरसाइकल चलाउने ५१ वटा सवारी साधन कारबाहीमा परेका छन् । कात्तिक १ गतेदेखि चलाएको अभियानमा त्यति धेरै मोटरसाइकल कार्वाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट ३१, ट्राफिक प्रहरी कार्यालय दमकबाट ५ , ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीबाट ६ , ट्राफिक प्रहरी कार्यालय सुरुङ्गाबाट २, ट्राफिक प्रहरी कार्यालय काँकडभिट्टाबाट ५ र ट्राफिक प्रहरी पोष्ट शनिश्चरेबाट २ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही गरिएको जानकारी दिए । उनका अनुसार त्यस कार्वाहीबाट १७ लाख ७३ हजार ५०१ रुपैयाँ राजश्व संकलन भएको छ ।

पछिल्लो समयमा झापा जिल्लाका बिर्तामोड, दमक, काँकडभिट्टा लगायतका विभिन्न सहरहरूमा दुई पांग्रे सवारी साधनहरूले स्वरूप परिवर्तन गरी रातको समय चर्को आवाजमा सवारी सञ्चालन गर्ने जनगुनासो समुदायबाट प्राप्त भएपछि अभियान संचालन गरेको हो ।

Adv footer