
बिर्तामोड, कात्तिक २१ । झापाको मेचीनगरमा पाँच महिनाअघि सडक दुर्घटनामा घाइते एकजना साइकलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर ७ मदनबस्तीका ६० वर्षीय क्षितिज राजवंशी रहेका छन् ।
राजवंशीलाई जेठ २५ गते राति ९ः४५ मेचीनगर–७ स्कुलडाँगीमा मे ७ प ५००६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
राजवंशीलाई बिन्डसी अस्पतालले भदौ ९ गते डिस्चार्ज दिएको थियो । उनको आज दिउँसो १ः३० बजे घरमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक मेचीनगर ७ का ४० वर्षीय काल्टु राजवंशी अंगभंग कसुरमा कारागारमा रहेका छन्





