२०८२ कात्तिक २३ आइतबार
Jhapa Today
Adv top

चन्द्रगढी सामुदायिक वनको अध्यक्षमा खतिवडा 


बिर्तामोड, कात्तिक २३ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा ७०६ मतसहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी चूडामणि मैनालीलाई ३८४ मतमा सीमित पार्दै खतिवडाले अध्यक्ष पदमा जित हात पारेका हुन् ।

एक हजार ९९५ जना मतदाता रहेको समूहको सम्पन्न निर्वाचनमा एक हजार ८५७ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी खतिवडा नेकपा एमालेको समर्थनमा प्रतिस्पर्धामा थिए भने निकट प्रतिस्पर्धी मैनाली राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैदानमा उत्रिएका थिए ।

अन्य अध्यक्षका प्रतिस्पर्धीहरूमा जेनजी युवाको समर्थन पाएका राजु बरालले २९९, कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार रहेका रमेशकुमार न्यौपानेले २५५ र एमालेबाट विद्रोहमा उत्रिएका पुण्यप्रसाद पोखरेलले ४७ मतमा रोकिनु परेको छ ।

त्यस्तै, उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी भए भने निकट प्रतिस्पर्धी ईश्वरीप्रसाद रिजालले ४३७ मत ल्याए । सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी रूषा पोखरेल ३२५ मतमा रोकिएकी छिन् ।

सहसचिवमा बालकुमार राई ६१५ मतका साथ विजयी हुँदा युवराज ढकालले ४४९ मत ल्याएका छन् भने कोषाध्यक्षमा ४५५ मतका साथ मञ्जु खतिवडा अधिकारी निर्वाचित हुँदा मिरादेवी सञ्जेल अधिकारीले ४४३ मत पाएकी छन् ।

त्यस्तै, खुला महिला सदस्यमा कल्पना दाहाल खतिवडा ७४७ र नुतन ढकाल ७३६ मतका साथ विजयी भएका छन् ।

६ वटा क्षेत्र रहेको समूहमा क्षेत्र नम्बर २ को संयोजकमा एकराज भुजेल, सहसंयोजकमा चित्रकला गिरी, क्षेत्र नम्बर ३ को संयोजकमा सूर्यबहादुर अधिकारी, सहसंयोजक सञ्जु चम्लागार्इं, क्षेत्र नम्बर ४ को संयोजकमा रसत राजवंशी, सहसंयोजक सरिता राजवंशी, क्षेत्र नम्बर ५ को संयोजकमा तोयानाथ बास्तोला, सहसंयोजकमा निर्मला पोखरेल तथा क्षेत्र नम्बर ६ को संयोजकमा केदारबहादुर अधिकारी र सहसंयोजकमा गीताकुमारी निरौला कोइराला निर्वाचित भएका छन् ।

९ नम्बर क्षेत्रमा संयोजक भीमबहादुर खवास र सहसंयोजकमा इन्दिरा शाही विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेकपा एमाले बहुमतमा देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली काँग्रेसको पनि प्रतिनिधित्व रहन पुगेको छ ।

झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० मा अवस्थित दुई हजार ३८३ घरधुरी र ४३०.५९ हेक्टरमा फैलिएको यो वन २६ वर्षअगाडि समूहको स्वामित्वमा आएको हो । यो वन चारआली निचाझोडा जंगलअन्तर्गत रहेको छ ।

Adv footer