२०८२ कात्तिक २६ बुधबार
Jhapa Today
Adv top

झापामा एकैदिन १२ सडक दुर्घटना, एकजनाको मृत्यु


बिर्तामोड, कात्तिक २६ । झापामा एकैदिन १२ वटा सडक दुर्घटना भएका छन् । सडक दुर्घटनामा एकजना चालकको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय सुनिल सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले चलाएको मे. १ त ३३१६ नम्बरको ट्रयाक्टर अचानक पल्टिएको थियो ।

घाइते सोरेनको उपचारको क्रममा हिजो दउँसो ३ः३० बजे बिर्तासिटी अस्पताल बिर्तामोड मृत्यु भएको हो । दुर्घटना शरणामतीमा भएको थियो ।

त्यस्तै, कमल-५ पाडाजुँगीमा दमकबाट झिलझिलेतर्फ आउँदै गरेको अनटेस्ट अटो अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित पाँचजना घाइते भएका छन् ।

त्यस्तै, मेचीनगर-४ माताचोक, गौरादह-८ जुरोपानीचोक, शिवसताक्षी, बिर्तामोड-५ सगरमाथा चोक, कनकाई-१ जुके कल्भर्ट, बुद्धशान्ति-२ प्रणामी मन्दिर, कमल-५ पाडाजुँगीचोक, कनकाई-१ जामुनखाडी, बिर्तामोड-५ मनमोहन अस्पतालअगाडि, दमक-६ गणतन्त्रचोकमा पनि दुर्घटना भएका छन् ।

Adv footer