२०८२ कात्तिक २८ शुक्रबार
Jhapa Today
Adv top

तक्षशिला स्कुलद्वारा आइबी पिवाइपी क्यान्डिडेसी घोषणा


बिर्तामोड, कात्तिक २८ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को पाँचौँ वार्षिक साधारणसभा तथा शिक्षक तालिम कार्यक्रममा बिर्तामोडको तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलले आफ्नो अन्तर्राष्ट्रिय ब्याकलोरिएट पिवाइपी क्यान्डिडेसी घोषणा गरेको छ ।

विद्यालयले नेल्टाका केन्द्र, प्रदेश र शाखा तहका नेतृत्व, छवटा पालिकाका शिक्षा अधिकृतहरू तथा जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको उपस्थितिमा पिवाइपी क्यान्डिडेसी घोषणा गरेको हो ।

तक्षशिलाको अन्तर्राष्ट्रिय ब्याकलोरिएट क्यान्डिडेसी पूर्वी झापाको शैक्षिक क्षेत्रका लागि एक रूपान्तरणात्मक उपलब्धि रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय ब्याकलोरिएट प्राथमिक वर्ष कार्यक्रम आइबी पिवाइपीमार्फत विश्वस्तरीय शिक्षा र सिकाइको मानक अपनाउने तक्षशिलाको प्रतिबद्धतालाई पुष्टि गर्ने बताइएको छ ।

जिज्ञासा–आधारित सिकाइ, समग्र बाल विकास र अन्तर्राष्ट्रिय दृष्टिकोणमा आधारित आइबी ढाँचा नेल्टाको गुणस्तरीय शिक्षक विकास, नेतृत्व सुदृढीकरण तथा व्यावसायिक सहकार्यलाई प्रवर्धन गर्ने लक्ष्यसँग निकट रूपमा मेल खाने विद्यालयले जनाएको छ ।

यो घोषणाले यस वर्षको नेल्टा शिक्षक तालिम तथा साधारण्सधाका मुख्य विषयहरू शिक्षक सशक्तीकरण, शैक्षिक उत्कृष्टता र निरन्तर व्यावसायिक विकासलाई बलियो बनाएको छ ।

तक्षशिला आफ्नो आइबी यात्रामा अघि बढ्दै जाँदा नेल्टाको सहयोग र मान्यताले झापाका विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको विश्वास लिएको छ ।

Adv footer