बिर्तामोड, कात्तिक २९ । झापा बुद्धशान्तिका एकजना बृद्धले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेको प्रहरीले जनाएको छ ।
आत्मदाह गर्नेमा बुद्धशान्ति गाउँपालिका ६ सन्तपुर बस्ने ८४ वर्षीय डिल्लीराम अधिकारी रहेका छन् । उनले हिजो राति ११.३० बजे आत्मदाह गरेका हुन् ।
घरबाहिर आँगनमा आफ्नो शरीरमा आफैँले पेट्रोल खन्याएर आगो लगाएर उनले आत्मदाह गरेका हुन् । जलेर मृत अवस्थामा उनका काइँला छोरा भोगेन्द्र अधिकारीले फेला पारेका थिए ।

केही महिनाअघि उनले प्रोस्टेडको अप्रेसन गरेका थिए । त्यस्तै, डिप्रेसनको बिरामी भएर उनले औषधि सेवन गर्दै आएका थिए । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।





