२०८२ मंसिर २ सोमबार
Jhapa Today
Adv top

मानव उद्धार सेवा केन्द्रबाट तीनजना महिला फरार


Untitled design – 1

बिर्तामोड, मंसिर १ । मानव उद्धार सेवा केन्द्र दमकबाट तीनजना महिलाहरु भागेका छन् । भागेका मध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दमक नगरपालिका–२ मा रहेको मानव उद्धार सेवा केन्द्रबाट ठेगाना नखुलेका तीन महिला फरार भएका हुन् । रातको समयमा केन्द्रबाट महिलाहरु फरार भएको प्रहरीले जनाएको छ ।

फरार भएकाहरुमा असार २६ गते उद्धार गरी ल्याइएको अन्दाजी ३४ वर्षीया मिना तामाङ, असार २६ गते उद्धार गरी ल्याइएको अन्दाजी ३० वर्षीया शान्ति मगर र असोज २६ गते झिलझिलेबाट उद्धार गरी ल्याइएकी अन्दाजी २४ वर्षीया विनिशा गौतम रहेका छन् ।

फरारमध्ये गौतमलाई दमक–४ को वडा कार्यालय अगाडि बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । अन्य २ जनाको खोजतलास भइरहेको छ ।

Adv footer