२०८२ मंसिर ७ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडमा चौधरीको शव भेटियो, दुईजना पक्राउ


बिर्तामोड, मंसिर ७ । झापा बिर्तामोडमा एकजना मानिसको शेव भेटिएको छ । बिर्तामोड-७ मियाबारीमा शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मियाबारीस्थित रेखा खोलानजिक बिर्तामोड-६ बस्ने ५२ वर्षीय आनन्द चौधरीको शंकास्पद अवस्थामा शव फेला परेको हो ।

प्रहरीले सोही ठाउँ बस्ने ४८ वर्षीय पुरन चौधरी र बिर्तामोड-७ बस्ने ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको बताइएको छ ।

हिजो राति १०ः४० बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली पुगेको थियो । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो ।

राति १ बजे कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

Adv footer