२०८२ मंसिर ८ सोमबार
Jhapa Today
Adv top

बिर्तामोडमा टिभिएसका दुई नयाँ मोडलका मोटरसाइकल सार्वजनिक


बिर्तामोड, मंसिर ८ । झापा बिर्तामोडको लागि टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले दुई नयाँ मोडलको भव्य लन्च गरेको छ ।

आज एक कार्यक्रमका बीच सञ्चालक याम कार्की र पत्रकार हिमाल खरेलले दुई नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेका हुन् । बिर्तामोडमा ‘अपाचे आरटिआर १६० २ भि एफआइ बिएस ६’ र ‘रेडर आइगो’ लन्च गरिएको हो ।

यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउने कम्पनीका बजार प्रतिनिधि गौरव खतिवडाले बताए ।

अपाचे आरटिआर १६० २ भि एफआइ बिएस ६
अपाचे रेसिङ डिएनएबाट प्रेरित यो नयाँ संस्करणमा बिएस ६ फ्युल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ ।

मुख्य विशेषताहरू:

  • 159.7cc FI इन्जिन (16.04 PS @ 8400 RPM र 13.85 Nm @ 7000 RPM)
  • करिब 50 KMPL सम्मको दक्षता दिने उन्नत FI प्रणाली
  • एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन
  • आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी
  • रेस-ट्युन सस्पेन्सन, ABS, डिजिटल कन्सोल, राइड मोड्स र SmartXonnect

TVS Raider IGO – नेपालको नयाँ रफ्तार
नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको Raider, स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प हो।

मुख्य विशेषताहरू:

  • 125cc इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट
  • LED हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर
  • सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर
  • दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि उत्तम छनोट

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “Apache RTR 160 2V FI BS6 ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने Raider IGO ले स्टाइल, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ। यी दुवै मोडलहरूले TVS ब्रान्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछन्।”

Adv footer