२०८२ मंसिर ९ मंगलबार
Jhapa Today
Adv top

कालीखोलामा दुर्घटना हुँदा दुईजना घाइते


बिर्तामोड, मंसिर ९ । झापाको बुद्धशान्ति गाउँपालिका–४ कालिखोलास्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

हिजो राति साढे ११ बजे बुधबारेबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ५८०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेमा मेचीनगर–१३ का ५० वर्षीय पंकज गिरी र पछाडि बसेका ४३ वर्षीय आशिष गिरी रहेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए ।

दुर्घटनामा चालक पंकज गिरीको टाउको र दायाँ खुट्टामा चोट लागेको छ भने पछाडि बसेका आशिष गिरीको टाउकोमा चोट लागेको छ ।

दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

Adv footer