२०८२ मंसिर १० बुधबार
Jhapa Today
Adv top

माईधारका शर्माको हत्यामा संलग्न दुईजना जेल चलान


बिर्तामोड, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या गर्ने दुईजनालाई जेल चलान गरिएको प्रहरीले जनाएको छ । एकजना अझै फरार रहेका छन् ।

शर्माको हत्यामा संलग्न शिवसताक्षी–१० माईधारकै २७ वर्षीय सुनिल शाह र २३ वर्षीय राहुल शाहलाई आज पुर्पक्षका लागि जेल चलान गरिएको झापा जिल्ला अदालतले जनाएको छ । उनीहरु नाताले मामाभाञ्जा हुन् ।

मामाभाञ्जासहित एकजना भारतीय नागरिक सरोजको हत्यामा संलग्न देखिएको बताए पनि प्रहरीले ती भारतीयलाई पक्राउ गर्न सकेको छैन । उनको पहिचान पनि खुलाइएको छैन ।

सरोजलाई सुन लुट्ने योजना बनाएर सुनिल र उनका भाञ्जा राहुलले गत कात्तिक ९ गते हत्या गरेका थिए । हत्यापछि उनीहरूले सरोजको शव झापा गाउँपालिकास्थित हुलाकी राजमार्गको बिरिङ खोलाको पुलमुनि गाडेका थिए ।

सरोजको हत्या गर्नुअघि उनीहरुले उनले चलाएको कार मेचीनगरस्थित सुन्दर निचाझोडा वनमा लगेर जलाएका थिए ।

Adv footer