२०८२ मंसिर २८ आइतबार
Jhapa Today
Adv top

भद्रपुरमा शौचालयमा लडेर एकजनाको मृत्यु


बिर्तामोड, मंसिर २८ । झापाको भद्रपुरमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर ४ लुरुङचोक बस्ने ४२ वर्षीय देवेन्द्र देवान रहेका छन् ।

आफ्नै घरको शौचालयभित्र पस्ने क्रममा लडेर देवान घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

उनी छारे रोगका बिरामी रहेको बुझिएको छ । घटनाबारे प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको छ । सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमको लागि शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

Adv footer