२०८२ पुष ३ बिहीबार
Jhapa Today
Adv top

सुनको मूल्य बढ्यो, चाँदीको भाउ हालसम्मकै उच्च


बिर्तामोड, पुस ३ । नेपाली बजारमा बिहीबार सुनको भाउ ७०० रुपैयाँले बढेको छ। बुधबारको तुलनामा आज ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ।

अघिल्लो दिन बुधबार ७ सय रुपैयाँले बढेर प्रतितोला सुन २ लाख ५९ हजार ७०० पुगेको थियो। यस्तै चाँदीको भाउ भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ। चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अघिल्लो दिन बुधबार एक तोला चाँदी ४ हजार ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Adv footer