बिर्तामोड, पुस ६ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टि–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा भद्रपुर-९ बस्ने २५ वर्षीय भूपाल अधिकारी र भद्रपुर-७ बस्ने २५ वर्षीय शीर्षक सुवेदी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए ।
हिजो ५ गते साँझ करिब ५ः३० बजेको समयमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे. ५ प ६२२२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकोमा चिकित्सकले साँझ ६ः१५ बजे दुवैजनालाई मृत घोषणा गरेका थिए ।





