२०८२ पुष १० बिहीबार
Jhapa Today
Adv top

बिर्तामोडमा घरको रेलिङबाट लडेर बालकको मृत्यु


बिर्तामोड, पुस १० । झापाको बिर्तामोडमा घरको रेलिङबाट लडेर घाइते भएका एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बिर्तामोड-४ आगमन टोलका रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्की रहेका छन् । एक साताअघि रेलिङबाट लडेर घाइते भएका उनको उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो ।

उनी पुस २ गते राति ८ः१५ बजे आफ्नै ३ तले घरमाथि रेलिङमा खेल्ने क्रममा अचानक भुइँमा झरेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा हिजो साँझ ७ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Adv footer