२०८२ पुष ११ शुक्रबार
Jhapa Today
Adv top

सैनिकमोडको आसाम होटलबाट किशोरी पक्राउ


बिर्तामोड, पुस ११ । यौनजन्य व्यवसाय बढिरहेको झापाको सैनिकमोड क्षेत्रको होटलबाट प्रहरीले एकजना किशोरीलाई नियन्त्रणमा लिएको छ । बिर्तामोड-३ स्थित सैनिकमोडका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले युवतीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकी किशोरी १८ वर्ष उमेरकी रहेकी छन् । हिजो साँझ सैनिकमोडमा रहेको आसाम होटल एन्ड लजबाट ती युवती पक्राउ परेकी हुन् ।

इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट खटिएको टोलीले जाँच गर्ने क्रममा आसाम होटल एन्ड लजको कम्पाउन्डभित्र बिर्तामोड ७ बस्ने अन्दाजी १८ वर्षकी किशोरीलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । ती युवतीका बारेमा आफन्तलाई जानकारी गराउने कार्य भइरहेको जनाइएको छ ।

आँखा उपचार गराउन आउने भारतीयहरुलाई लक्षित गरी सैनिकमोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय सञ्चालन हुने गरेको छ । त्यस क्षेत्रमा तीन दर्जन होटल सञ्चालनमा छन् ।

Adv footer