२०८२ पुष १६ बुधबार
Jhapa Today
Adv top

पेट्रोलियम पदार्थको मूल्य घट्यो


बिर्तामोड पुस १६ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार प्रतिलिटर पेट्रोल ४ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटाइएको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ ।

साथै, एलपी ग्यासको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी एलपी ग्यासको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Adv footer