२०८२ पुष २८ सोमबार
Jhapa Today
Adv top

वीरता लेडी जेसिजको अध्यक्षमा मुना अधिकारी


बिर्तामोड, पुस २८ । वीरता लेडी जेसिज वर्ष २०२६ का लागि अध्यक्षमा मुना अधिकारी ढुङ्गेल चयन भएकी छन् । कार्यकारिणी उपाध्यक्षमा अस्मिता राई कुरुम्बाङ र कविता ओली मैनाली चयन भएका छन् ।

संस्थाको २२ औँ अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । त्यस्तै, कानुनी सल्लाहकारमा कोपिला पोखरेल, महासचिवमा चन्द्रकला रिजाल भट्टराई र कोषाध्यक्षमा एलिना रिजाल चयन भएका छन् ।

उपाध्यक्षहरूमा पार्वता श्रेष्ठ, तारा रिजाल, निकिता अग्रवाल र दीक्षा कडरिया चयन भएका छन् । सहसचिवमा तारा बस्नेत, जनसम्पर्क अधिकारीमा हेलेन खरेल, शाखा सम्पादकमा भावना बस्नेत र तालिम आयुक्तमा अन्जली शाह चयन भएकी छन् ।

सन् २०२५ की अध्यक्ष निशा शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसिजका २०२६ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष योगेश राजवंशी, पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कैलाश खाकी श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adv footer