२०८२ माघ १ बिहीबार
Jhapa Today
Adv top

कनकाई दुर्घटनाः बालककी आमाको पनि मृत्यु


बिर्तामोड, माघ १ । झापाको कनकाईमा दुईवटा सवारीसाधन ठक्कर खाँदा घाइते भएकी एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि उनका छोराको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा भद्रपुर–८ बस्ने ४० वर्षीया सुष्मा राजवंशी रहेकी छन् । उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको हो ।

दुर्घटनामा उनका पति आफुद राजवंशी, छोरा १५ वर्षीय आशिष राजवंशीसहित १२ जना घाइते भएका छन् । उनीहरुको बिर्तासिटी अस्पताल र बिएन्डस् अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा भद्रपुरका आफुद राजवंशीका छोरा डेढ वर्षीय आरुती राजवंशी रहेको मृत्यु भइसकेको छ ।

पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे. १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना. ५ ख २१४९ नम्बरको बस आज बिहान एकआपसमा जुधेर दुर्घटना भएको हो ।

Adv footer