२०८२ माघ २ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडको खाद्यले किन्यो स्वीकृति पाएको धान


बिर्तामोड, माघ २ । झापाको बिर्तामोडमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालु आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृति पाएको धान लगभग खरिद गरेको जनाएको छ ।

बिर्तामोडबाट ८ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने स्वीकृत कम्पनीले गरेको थियो । हालसम्म २ करोड ८८ लाख ३१ हजार रुपैयाँ बराबरको ७ हजार ९४६ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ ।

खाद्यले चालु वर्षको धान खरिद २०८२ मंसिर ४ गतेदेखि सुरु गरेको थियो । हाल खरिद कार्य जारी रहेको जनाएको छ । देशभर हालसम्म ४६ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ३५ हजार क्विन्टल बराबर धान खरिद गरेको जनाएको छ ।

किसानले धान बिक्री गर्दा मूल्य नपाएको गुनासो आएपछि खाद्यले केही वर्षयता किसानको धान खरिद गरेर चामल बिक्री गर्दै आएको छ ।

कुन धान कतिमा खरिद गरिरहेको छ ?
चालु वर्षमा सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद गरेको जनाएको छ । सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३.८१ र मध्यम धानको ३ हजार ६२८.३३ रूपैयाँ तोकेको थियो ।

सोही अनुसार खाद्यले सोना मन्सुली धान र मध्यम धान प्रतिक्विन्टल ३ हजार ६२८.३३ रुपैयाँमा खरिद गरेको छ । मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३.८१ रुपैयाँमा खरिद गरेको छ ।

Adv footer